नायक रायमाझी उपचारपछि घर फर्के

तस्बिर फेसबुकबाट 


केहि समयदेखि अमेरिका बस्दै आएका नायक दिलिप रायमाझी दुई दिनको अस्पताल बसाईपछि घर फर्केका छन् |

स्वास्थमा समस्या देखिएपछि नायक रायमाझी अस्पताल भर्ना भएका थिए | दुई दिन डाक्टरहरुको प्रत्यक्ष निगरानीमा औषधि उपचार गरेपछि उनि घर फर्केका हुन् |

डाक्टरहरुले उनलाई केहिदिन बेड रेष्टको लागि सुझाब दिएका छन् | घरमा आराम गरिरहेका दिलिपले द नेपाल टुडे संग भने, "म अहिले ठिक छु | डाक्टरको सल्लाह अनुसार आराम गरिरहेको छु |"

खासमा के भएको रहेछ ? भन्ने प्रश्नमा रायमाझीले भने, "धपेडी र अब्यबस्थित खानपानको कारण पेटमा समस्या आएको थियो | बिस्तारै ठिक हुदैछ | औषधी लिईरहेको छु |"

अमेरिका आएसंगै दिलीपले बाल्टिमोरमा नृत्य सिकाउन थालेका छन् | स्थानिय नेपालीहरुका बालबालिकालाई नृत्य सिकाईरहेका रायमाझीले केहि हप्तादेखि  अभिभावकहरुलाई पनि नृत्य सिकाउदै आएका छन् |

यस अबघीमा उनले बिभिन्न स्टेटमा स्टेज शोहरु र केहि म्युजिक भिडियो हरुमा अभिनय पनि गर्न भ्याएका छन् |

,