दीपिका र रणबीरको सम्बन्धमा खटपट !

मुम्बई फागुन, १६-करबीर कपुर र कट्रिना कैफको सम्बन्ध बिग्रेको हल्ला चलिरहँदा बलिउडमा अर्को जोडीको पनि सम्बन्ध खराब हुँदै गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो पटक बलिउडमा प्रेमजोडीको रुपमा कहलिएका दीपिका पादुकोण र रणबीर सिंहको सम्बन्धमा खराबी आउन सुरु गरेको केही भारतीय मिडियाले दाबी गरेको छ । दीपिकाले रणबीर सिंहको विवाहको प्रस्ताव अस्वीकार गरेलगत्तै उनीहरुको सम्बन्ध बिग्रेको अनुमान गरिएको थियो । त्यसो त पछिल्लो समय सञ्जयलीला भन्सालीको नयाँ फिल्ममा पनि दीपिकाले काम नगर्ने संकेत देखाएपछि रणबीर तनाबमा छन् ।दीपिका र रणबीर अहिले पनि मिडियासामु असल साथीको रुपमा प्रस्तुत हुन्छन् । तर, दीपिकाले रणबीरसँग फिल्म खेल्न आनाकानी गरेपछि उनीहरुको सम्बन्ध खट्पट भएको संकेत मिलेको छ ।
भन्सालीले नयाँ फिल्मको स्कृप्ट दीपिका र रणबीरलाई केन्द्रमा राखेर लेखेका थिए भने दुबैले फिल्ममा काम गर्ने सहमति समेत जनाएका थिए । अन्तिम समयमा दीपिकाले काम नगर्ने संकेत गरेपछि निर्देशक भन्साली समेत तनाबमा छन् ।
अहिले दीपिका हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’ को सुटिङमा छिन् । उनको अपोजिटमा छन् हलिउड अभिनेता वीन डीजल । अर्का हलिउड अभिनेता ब्राण्ड पिटसँग पनि दीपिकाले काम गर्न लागेको हल्ला छ ।
दीपिकाले हलिउड यात्रा गर्न लाग्दा रणबीर खुसी थिएनन् । बलिउडकर्मीहरुका अनुसार दीपिका हलिउड नजाउन् भन्नका लागि पनि रणबीरले विवाहको प्रस्ताव राखेका थिए ।
बाजीराब मस्तानीपछि रणबीर नयाँ फिल्म ‘बेफिक्रे’ को सुटिङको क्रममा पेरिस गएका छन् । दीपिका हलिउड फिल्मको सुटिङका लागि क्यानडा पुगेकी छिन् । भन्सालीकै फिल्म ‘रामलीला’ मा काम गर्दा उनीहरुको हिमचिम बढेको थियो ।