कोइरालाको सम्झनामा जापानमा श्रदाञ्जली सभा



जापान: नेपाली कांग्रेसका सभापती स्व. सुशील कोइरालाको १३औं दिनको पुण्य तिथिमा जापानको गोतान्दामा श्रदाञ्जली सभाको आयोजना भएको छ ।
नेपाली कांग्रेस जनसम्पर्क समिति जापानले आइतबार आयोजना गरेको श्रदाञ्जली सभामा जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि व्यवसायी, विधार्थी तथा बिभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थित रहेको थियो ।
श्रदाञ्जली सभामा जापानस्थित नेपाली राजदुतावासका कार्यबहाक राजदूत गेहेन्द्र राजभन्डारी, टीवीआई ग्रुपका अध्यक्ष भवन भट्ट, ओनो जापानका अध्यक्ष रघुदिप खड्का, नेपाली कांगे्रस जनसम्पर्क समितिका अध्यक्ष नारायण सुवेदीलगायतले स्व. कोइरालाको ब्यक्तित्वको चर्चा गर्दै उनको तस्विरमा माल्यार्पण गरी श्रदान्जली ब्यक्त गरेका थिए ।