वायने रुनी ६ हप्ता खेल्न नसक्ने

एजेन्सी फागुन, ६ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा इंग्ल्याण्डका कप्तान वायने रुनी ६ हप्तासम्म खेल्न नसक्ने भएका छन् । घुँडाको चोटका कारण रुनी ६ हप्तासम्म मैदानबाट बाहिर रहने भएका हुन् । रुनीले अब म्यानचेस्टर युनाइटेडका ८ वटा खेल खेल्न सक्ने छैनन् ।

रुनी क्लबका लागि महत्वपूर्ण रहेको र उनले धेरै गोल गरेको प्रशिक्षक लुइस भान गालले बताए । तर उनको अनुपस्थितिमा पनि क्लबले राम्रो खेल्नेमा विश्वस्थ रहेको प्रशिक्षक गालको भनाई छ । गएको शनिबार राति सन्डरल्याण्डसँग भएको खेलको क्रममा रुनी चोटग्रस्त भएका थिए । खेलमा म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएको थियो । चोटका बाबजुद पनि रुनीले यो खेलको बसै समय खेलेका थिए । उनले इंग्ल्याण्डको तर्फबाट मार्चको अन्तिममा हुने जर्मनी र नेरल्याण्डसँगको मैत्रिपूर्ण खेल खेल्न सक्ने छैनन् । तर जुन १० देखि सुरु हुने युरोकप २०१६ मा भने सहभागी हुनेछन् ।