मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

उदयपुर फागुन, ३-त्रियुगा नगरपालिका–२ गाईघाटस्थित त्रियुगा बसपार्क नजिकै गए राति स६प १९७७ नं को मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–७ मोतीगडा बस्ने वर्ष २१ का पुरन कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताउनुभयो । गाईघाटबाट मोतीगडातर्फ जाँदै गर्दा दुर्घटनामा परेको उपचारका क्रममा कटुवालको मृत्युभएको उहाँले जानकारी दिनुभयो । रासस