चितवन समाज जापानले बिबिध कार्यक्रम गर्ने


ह्याप्पी बन्धु 

जापान फेब्रुअरी १५ |

चितवन समाज जापानले नजिकींदै गरेको गोल्डेन विकमा जापानका विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतवार टोकियोको मेगुरोमा सम्पन्न समाजको चौंथो भौतिक भेलाले सो निर्णय गरेको हो । कार्यक्रम टोकियोमा अप्रिल ५ तारिखका दिन मेगुरोको मेगुरो कुमिन सेन्टरमा हुनेछ भने नागोया तथा ओसाकाको लागी सम्बन्धित क्षेत्रीय समितीको बैठकले निर्णय गर्ने बताइएको छ ।

   चितवनको भरतपुरमा अवस्थित महेन्द्र आदर्श चिकित्सालय अर्थात भरतपुर अस्पताललाइ भिडिओ एक्स्रे मेशिन उपलब्ध गराउने तथा दुर्गम स्थानका असहाय, अनाथ र पिछडिएका बालबालिकाको लागि शिक्षामा लगानी गरि “सबैका लागि शिक्षा” को अवसर प्रदान गर्ने उद्श्यका साथ कार्यक्रको आयोजना गरिएको समाजका महासचिव छबिलाल सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा गायन, हास्यव्यंग्य तथा नृत्यसँग सम्बन्धित नेपालका चर्चित राष्ट्रिय  तथा चितवनका स्थानीय कलाकारको बेजोड प्रस्तुती रहनेछ । बताइएको छ ।

यसैबीच, समाजको हिजो नै सम्पन्न भेलाले कार्यक्रम आयोजनाको लागी आवश्यक विभिन्न क्षेत्रीय संयोजक समिती गठन गरेको छ । जस अन्तर्गत टोकियोको लागी अर्जुन अधिकारीको संयोजकत्वमा मनोज घले, बुद्द गुरुङ, राम थापा अनिल, राजन कुमार श्रेष्ठ र ओम गुरुङ लगायतका सदस्य रहनुभएको छ । त्यसैगरी, ओसाकाको लागी दिपक गौतमको संयोजकत्वमा तुलसी राम खरेल , जनक पाठक, डिलाराम सापकोटा, आत्मराम गैरे हुनुहुन्छ ।

त्यस्तै, नागोयाको लागी बिष्णु घिमिरको संयोजकत्वमा प्रकाश गौडेल, तथा फुक्ओकाको लागी बासुदेब लामिछानेको संयोजकत्वमा टंक गैरे सदस्य लगायतको कार्यक्रम संयोजक समिती गठन भएको छ ।

साथै, संस्थाको बिभिन्न उद्देश्य पूर्ति र कार्य सम्पादनमा सहजता ल्याउनको लागी भन्दै भेलाले समितीका विभिन्न सदस्यको संयोजकत्वमा प्रचार प्रसार बिभाग, सदस्यता ब्यबस्थापन विभाग, अनुशासन विभाग, साँस्कृतिक विभाग, महिला विभाग लगायतका विभाग गठन गरिएको समेत महासचिव सापकोटाले जानकारी दिनुभयो |

,