संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन

एजेन्सी फागुन, ५ – संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बोत्रस बोत्रस घालीको निधन भएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले घालीको ९३ वर्षको उमेरमा निधन भएको पुष्टी गरेको हो ।
सुरक्षा परिषदका अध्यक्ष तथा भेनेजुयलका संयुक्त राष्ट्रसंघका राजदूत राफेल रामिरेजले सुरक्षा परिषदको बैठमा यसबारे जानकारी दिनुभएको हो ।


सुरक्षा परिषदका १५ सदस्यले घालीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेका थिए । इजिप्टका नेता तथा कुटनीतिज्ञ घालीले राष्ट्र संघको छैटौं महासचिवको रुपमा काम गर्नु भएको थियो । उहाँ सन् १९९२ को जनवरीदेखि सन् १९९६ को डिसेम्बरसम्म राष्ट्रसंघ महासचिव रहनु भएको थियो । उहाँ राष्ट्रसंघको महासचिव बन्ने पहिलो अबर नेता हुनुहुन्थ्यो । घालीले आफ्नो कार्यकालमा भिषण भोगमरीबाट ग्रस्त सोमालियामा राष्ट्रसंघको तर्फबाट प्रभावकारी सहायता कार्यक्रम सञ्चालन गर्नु भएको थियो । तर सन् सन् १९९४ मा रुवान्डामा भएको मानवीय हिंसा रोक्न नसकेको भन्दै उहाँको आलोचना पनि भएको थियो ।