क्याम्पसलाई करोड दान


सागर राज तिमिल्सिना .

पोखरा, फेब्रुअरी १ |

पोखरा १६ उपल्लो दीपको सडक छेऊ मै टिनले छाएको घर छ। त्यही घरको बाहिर एउटी बुढी आमा र उनका वरपर अन्य व्यक्ति पनि छन्। बुढी आमा जाडोमा काम्दै कम्बल ओढेर बसेकी छन्। अन्य व्यक्तिहरू तम्सुकमा के के लेखेको छ भनेर बुढी आमैलाई सुनाउदै छन्। मुस्ताङमा जन्मे हुर्केकी ८३ वर्षिय निराला तुलाचनले विद्यालयलाई सहयोग दिने भए पछि तमसुकमा के लेखिएको छ सुनाउन व्यस्त थिए।

‘उ बेलामा पढ्ने भन्ने के हो थाहा थिएन,’ तुलाचनले भनिन्, ‘आफु जस्तै पढ्ने रहर भएका पढ्नबाट बन्चित नहुनन् भन्ने हो।’ ‘शिक्षामा गरेका लगानी पुस्तौ पुस्तासम्म पनि रहिरन्छ,’ उनले थपिन् ‘त्यसैले सबै जनाले आँखा देखुन् भने हो।’ उनले पढ्न चाहने सबै जनालाई पैसा दिन त सकिदैन? तर क्याम्पस नै बनाएपछि त सबै जनाले पढ्न पाइ हाल्छन्।
 
उनले मुस्ताङका युवाहरूले उच्च शिक्षा हासिल गर्न सजिलै पाउन् भन्दै एक विद्यायलाई एक करोड भन्दा बढी सहयोग गरेकी छन्। तुलाचनले मुस्ताङको टुकुचे गाविसको टुकुचेका पुनारा बासिन्दा उनीहरूले जोमसोम रहेको जनहित बहुमुखी क्याम्पसलाई  १ करोड १ लाख ११ हजार १ सय ११ रुपैया चन्दा दिएकी छन्। उनले पोखरा १६ दीपमा रहेको २० रोपनी जग्गा बेचेर सहयोग गरेकी हुन्। सहयोग गरेको रकमलाई अक्षयकोषमा राख्ने र त्यसबाट आएको व्याजबाट क्याम्पसलाई आवश्यक पर्ने खर्च सञ्चाल गर्नेछ।

क्याम्पस प्रमुख रामचन्द्र अधिकारीले क्याम्पस सञ्चालन गर्न आर्थिक समस्या आउने गरेको बताए। ‘अहिलेसम्म चन्दा उठाएर क्याम्पस सञ्चालन गर्दै आएका थियो,’ उनले भने ‘चन्दा नउठ्दा लेक्चरहरूलाई तबल दिन समेत समस्या पर्ने गरेका थियो।’ उनले मासिक ९० हजार रुपैया खर्च हुने गरेका बताए। उनले यो सहयोगले पनि खर्च धान्न नसक्ने बताए। उनले अझै अरु चन्दा पनि खोज्ने बताए।

अधिकारीले चन्दा दातालाई सम्मान गर्दै विद्यालयको नाम समेत परिर्वतन गर्ने बताए। उनले तेजनिराला जनहित बहुमुखी क्याम्पस राख्ने बताए। क्याम्पसमा अहिले विविएसको पढाइ हुँदै आएको छ। क्याम्पसमा अहिले २८ जना र उच्च मावितर्फ ३ सय विद्यार्थी अध्यनरत रहेको बताए। छोरा मृगेन्द्र तुलाचनले आमाले शिक्षा क्षेत्रमा गरको सहयोगलाई साथ दिएका थिए।

‘म नजन्मिदै  बाबु गुमाए,’ मृगेन्द्रले भने ‘बाबु आमा कै नाम रहने गरी आमाले सहयोग गर्न खोज्दा सहयोग नगर्ने कुरै भएन।’ उनले आमाले सहयोग गर्न खोजेको रकममा थप गरेर १ करोड १ लाख १ हजार १ सय ११ पुर्याएका थिए। उनले २०२१ सालमा मुस्ताङ छाडेर पोखरा आउदा त्यहाँ रहेको फाट समेत विद्यालयलाई दिएको बताए। उनले त्यो बेला योगेन्द्र उच्चमाविलाई सहयोग गरेको बताए। विद्यालय र चन्दा दातालाई पुलको काम गरेका नरेन्द्र तुलाचनले उच्च शिक्षा स्थानीय रुप मै पाउन भन्ने उद्देश्यले राखेको बताए।

‘पैसा हुनेहरूले त पोखरा, काठमाडौमा पढ्न पाउछन्,’ उनले भने ‘पैसा नहुनेका छोरा छोरीले पढ्न नपाउने अवस्था थियो, त्यसको अन्त्य हुनेछ।’ निराला तुलाचनका छोरा, बुहारी, नाती र नातिनी छन्। उनले सहयोग रकम आइतबार नै क्यापसका व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद थकाली, क्याम्पस प्रमुख  रामचन्द्र अधिकारी लगायतलाई हस्तान्तरण गरेका थिए।
स्रोत: सेतोपाटी