कस्तो छ नरहरि आचार्यको स्वास्थ्य ?

काठमाडौं, फागुन १–मस्तिष्क घातका कारण अस्पताल भर्ना भएका कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको न्युरो अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रताप देवकोटाका अनुसार उनले भेट्न आउनेलाई प्रस्ट चिन्न थालेका छन् । यस्तै मुखबाट खानेकुरा खुवाउन पनि सुरु गरिएको छ । देवकोटाले बोली अझै आउन नसकेको र उनको शरीरको दायाँतर्फको भाग भाग नचलेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा रक्तचाप र श्वासप्रश्वास प्रक्रिया सामान्य रहेको अस्पतालले जनाएको छ । मस्तिष्कको नसा फुटेर बगेको रगतको थेग्ला पनि नफैलिएकाले पहिलेदेखि नै अपनाइएको उपचार विधिलाई नै निरन्तरता दिइने भएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निधिनको खबर सुनेर महाराजगञ्जस्थित कोइराला निवास पुगेका अाचार्य असजिलो भयो भन्दै एक्कासी अचेत भएर ढलेका थिए। उनलाइ तुरून्तै अस्पताल लगिएको थियो।