नारी दिवस र एनआरएन अमेरिका

राधा पौडेल .

आउंदै गरेको मार्च ८ ( महिला दिवस ) मनाउने सम्बन्धलाई लिएर NRN  NCC of USA महिला संयोजन समितिले अन्तरास्ट्रिय महिला दिवस राष्ट्रब्यापी रुपमा बिबिध कार्यक्रमका साथ मनाउने निर्णयको सहर्ष जानकारी गराउन चाहन्छु | हामीले गत वर्ष बाल्टिमोर टाउन हाल मिटिङ र गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरमले गरेको निर्णयको कार्यन्वयन गर्ने अठोट गरेका छौँ | 

फोरमका अनुरार विश्वका १७१ देशमा महिला दिवस मनाउनु पर्ने छ | यसैले हामी NRN  NCC of USA कार्यसमितिका महिला साथीहरु, महिला कमिटका सम्पूर्ण साथीहरु र च्याप्टरका साथीहरुबाट आ –आफ्नो स्थानमा यो कार्यक्रम भव्यताका साथ मनाउने निर्णय गरेका हौँ | बैठकका अनुसार राष्ट्रब्यापी रुपमा मनाइने यो महिला दिवसका अवसरमा विभिन्न स्थान र क्षेत्रबाट बिशिस्ठता हासिल गर्नुभएका दिदि बहिनीका सफलताका अनुभवहरु आदानप्रदान गरिने छ | आवस्यकता अनुसार विभिन्न राज्यहरुमा स्वास्थ परिक्षण गराइने छ | 

महिला हिंसा, महिला शासक्तिरण, खुला स्टोरमा कामगर्ने कर्मचारीहरुको शुरक्षा जस्ता बिषयहरुमा चेतना मुलक कार्यक्रमहरुम राखिने छ | यसका साथै साना ब्यबसाय अभिब्रिद्दिका लागि आधारभूत कुराहरुको जानकारी गराइने छ | यसै गरी दिदीबहिनीहरुको प्रतिभा बिकाशका लागि महिला प्रधान बिबिध ( गीत, गजल, कविता ) तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था समेत गरिने छ | उक्त अवसरमा सम्बन्धित क्षेत्रमा बिशिस्थता हासिल गरेका दिदि बहिनीहरुका ज्ञान, सिप, अनुभव र अनुसन्धानका बिषयमा लेखिएका बिचारहरु पनि समेट्न हामीले सक्दो प्रयास गरेका छौं | 

यस्ता श्रोतमुलक लेखहरुलाई प्रकासित गराएर वा वेबसाइट मार्फत अन्य समुदायलाई लाभान्वित गराउनु हाम्रो मुख्य उदेश्य रहेको छ | माथिका बिबिध पक्षमा आवस्यकता अनुसारको बिषयबस्तु छनोट गरी मनाउन लागिएको यो बर्षको महिला दिवश हाम्रा लागि पक्कै फलदायी हुनेछ | अत ;अमेरिका भरि छरिएर रहनु भएका सम्पूर्ण बुद्दिजिबी ,समाजसेवी र विभिन्न संघ संगठनका प्रतिनिधि ज्यूहरुमा महिला जागरण र सशक्तिकरणका  लागि आ-आफ्नो क्षेत्रबाट यो दिवस मनाउनका लागि सक्दो सहयोग गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु | 
धन्यवाद |


महिला कोअर्डिनेटर 
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,अमेरिका