बुटवलका कमल खनालद्वारा जापानमा आत्महत्या



ह्याप्पी बन्धु "बिश्व"

जापान फेब्रुअरी १९ |

 जापानको ओकिनावा नाहासी वातासा शहरमा भाषा कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीले शुक्रवार साँझ रुखमा झुण्डिएर आत्महत्या गरेका छन ।

बुटवल घरभई हाल ओकिनावाको जेसीयस जापानी भाषा कलेजमा अध्ययनरत २१ वर्षिय कमल खनालले हिजोराती झुण्डिएर आत्महत्या गरेका हुन ।

सोही कलेजमा अध्ययनरत दाई केशव खनाललाई सम्वोधन गर्दै सुसाईट नोट लेखेर काम गर्ने ठाउँको रुखमा झुण्डिएको अवस्थामा उनको शव शनिवार विहान भेटिएको थियो ।

सुसाईट नोटमा उनले "दाई, म मर्दैछु | साथीसंग १० हजार पैसा लिनुछ | मेरो घर परिवारलाई हेरिदिनु होला ।" भनी लेखेको कागज आफनै गोजीमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

स्थानिय एक कृषकको फर्ममा पार्ट टाईम काम गर्दै आएका मृतक खनाल भाषा विद्यार्थीका रुपमा गत अक्टोवर सेसनका लागि जापान आएका थिए ।

भाषा अध्ययनरत गर्दै आएका दाई केशवकै सहयोगमा जापान आएका कमल विगत केही समययता तनावमा देखिन्थे । कलेजले हालै स्वास्थ्य जाँच गर्न स्थानिय अस्पतालमा लगे पश्चात उनी एकाएक निरास देखिएका थिए ।

अस्पतालको रिपोर्ट आई नसकेपनि केही हतास र निरास गफ गर्ने गरेको उनीसंगै वस्दै आएका साथीहरुले  बताएका छन् ।

हाल उनको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा लगेको छ । आत्महत्या गर्नुको बिस्तृत कारण भने अझै खुल्न नसकेको बताईएको छ |