मुम्बईबाटै प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं फागुन,१२-भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । विमान हराएको सूचना पाउनासाथ प्रधानमन्त्री ओलीले खोजी र उद्धारका लागि सक्रिय हुन कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई फोन गरेर निर्देशन दिएका थिए ।
विमान सम्पर्कविहीन भएको खबर पाउनासाथ प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्री गच्छदार र पर्यटनमन्त्री आनन्द पोखरेललाई टेलिफोन सम्पर्क गरीे विमानमा रहेका सबैको सकुशल उद्धार र खोजी कार्यमा सक्रिय रहन निर्देशन दिएका थिए ।भारतको मुम्बईबाटै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बुधबार प्रेस नोट जारी गर्दै भनेका छन्- ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान बुधवार विहान सम्पर्कविहीन भएको खबरप्रति चिन्ता ब्यक्त गर्नुभएको छ ।’
प्रधानमन्त्रीले विमानमा यात्रारत यात्रुका परिवारका सदस्यलाई धैर्यधारण गर्न पनि आग्रह गरेका छन् ।