न्यु योर्कमा जोडियोस भत्केका मनहरुको पुन: प्रदर्शन हुने



अनुज थापा 
न्यु योर्क, फेब्रुअरी १८ |

नाटक “जोडियोस भत्किएका मनहरू“को पुनः प्रदर्शन न्युयोर्कको मौसम एक्कासी बिग्रिएपछि रद्ध भएको अशेष मल्लद्धारा लिखित नाटक जोडियोस् भत्किएका मनहरु को पुनः प्रदर्शनी यहि शनिबार फेब्रुअरी २० तारिखका दिन हुने भएको छ ।

 यसअघि म्यानह्याटनमा रहेको ठठठ त्जभबतचभ जनवरी २४ तारिखका दिन पुनः प्रदर्शनी हुने बताइएको थियो। त्यसको एकदिन अघि न्युयोर्क राज्यमा भारी हिमपात भएको कारण नाटकको पुनः प्रदर्शनी रोकिएको थियो ।

 वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले निर्देशन गर्नु भएको नाटक जोडियोस् भत्किएका मनहरु पुनः मञ्चन हुने भएपछि कलाकारहरुले फेरी रिहर्सललाई निरन्तरता दिइसकेका छन् ।

 नेपालमा आएको विनाशकारी भूकम्प पछिको कथा व्यथा पोखिएको नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दिपिका श्रेष्ठ,अनुज थापा, विकास बिष्ट, कृष् थापा ,क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् ।

 १५८ सिट क्षमताको उक्त थियटरमा नाटक हेर्नको लागि ५० र २५ डलरका टिकटको व्यवस्था गरिएको छ । नाटक उक्त दिन दिउंसो २.३० बजे मञ्चन हुंदैछ ।

तस्बिर:विकास विष्टको फेसबुक

, ,