नायिका ऋचाले जन्म दिनमा केक काटिन, उमेर कति ?




बाल्टिमोर, अमेरिका फेब्रुअरी २१,

अमेरिकामा बसोबास गर्दै आएकी नायिका ऋचा घिमिरे कति बर्षकी भईन थाहा छैन तर आज परेको जन्मदिन उनले आफ्नो घरपरिवार संगै मनाएकी छन |

कसरी मनाउनु भयो जन्म दिन ? भन्ने द नेपाल टुडेको प्रश्नमा घिमिरेले भनिन,"परिवारका सदस्यहरुसंगै रेष्टुरेन्टमा गयौं | केक काट्यौं | सामान्य रह्यो |"

उनले थपिन, "भोलि साथीभाईलाइ बोलाएर अझै रमाइलो गर्छु होला |"

द नेपाल टुडे टिमलाइ  उनको उमेर जान्न मन लाग्यो र सोधियो-"केक कति बर्षको उपलक्ष्यमा काट्नु भयो ?"

ऋचाले भनिन, "उमेर पनि सोध्ने? भन्न मिल्दैन |"

नायिका ऋचा घिमिरे केहि बर्षदेखि आमा, श्रीमान र दुई छोराका साथ अमेरिकामा बस्दै आएकी छन |

 ऋचाले जन्म दिनमा शुभकामना ब्यक्त गर्ने सबैलाई फेसबुक मार्फत धन्यवाद पनि दिएकी छन् |