पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान हरायो

कास्की, फागुन १२ – कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको कल साइन ९एन - एएचएच विमान हराएको छ । बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान हराएको पोखरा विमानस्थल कार्यालयका प्रमुख काशिनाथ पौडेलले जानकारी दिए ।
विमानमा १८ जना नेपाली र दुई विदेशीसहित २० जना यात्रु तथा चालक दलका तीन सदस्य गरी २३ जना थिए । यात्रु मध्ये दुई जना बालबालिका रहेको पोखरा विमानस्थलका प्रमुख पौडेलले बताए ।
पोखराबाट उडेको २० मिनेटमा जोमसोम पुग्नु पर्ने भएपनि अहिलेसम्म नपुगेकाले जोमसोम र पोखरा दुवै तर्फबाट खोजी सुरु भएको छ । पोखराबाट उडेको १० मिनेटसम्म विमानस्थलमा सम्पर्कमा रहेको र त्यसबेला विमान म्याग्दीको घोरेपानी पुगेको पोखरा विमानस्थल कार्यालयका प्रमुख पौडेलले बताए ।
त्यसपछि जोमसोम विमानस्थलमा सम्पर्क हुनुपर्ने भएपनि नभएको  पोखरा विमानस्थल कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । विमान अन्तिम पटक सम्पर्कमा रहेको क्षेत्र अन्नपूर्ण वेशक्याम्प हो