आरआर अगाडि गगन थापाको गर्जन


काठमाडौं २२ फागुन । नेपाली कांग्रेसको १३ औँ महाधिवेशन काठमाडौंको भृकुटी मण्डपमा जारी छ । शनिबार दिनभर बन्दशत्रभित्र प्रतिवेदनमाथि छलफल भयो । बाहिर सडकमा प्रचार ।

आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन कांग्रेसका कार्यकर्ताहरु बिहानैदेखी दिनभरी सडकमा खटे । प्रचार–प्रसारको शैली अनेक थियो । कोही प्रचार सामग्री बाढ्दैँ हिडेका थिए । कोही नारा जुलुसमा । कोहीले नाचगान सहित प्रचार गरीरहेका थिए । सबै जसको प्रचार शैली भने पुरानै र आम किसिमको थियो । तर, महामन्त्री पदका प्रत्यासी गगन थापाको सुभेच्छुहरुको प्रचारशैली चहिँ सबैको भन्दा भिन्न र प्रभावकारी थियो ।

रत्नराज्य क्याम्पस अगाडि ठुलो संख्यामा कांग्रेसका कार्यकर्ताहरु उपस्थित थिए । ती सबैले बढो चासोका साथ गगनको भाषण सुनीरहेका थिए । उनीहरुले उत्तेजित भएर घरीघरी ताली बजाइरहेका थिए । घरी हुटिङ्ग । तर, त्यहाँ स्वंयम् गगन भने उपस्थित थिएनन् । ठुलो एलसिडी टिभीमा उनको भाषण देखाइएको थियो ।

त्यही भाषण सुनेर कार्यकर्ताहरु कहिले ताली बजाइरहेका थिए त, कहिले हुटिङ्ग गरीरहेका थिए । महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको दिन गगनले गरेको भाषण शनिबार चर्चित भयो । त्यसो त महाधिवेशनमा आएका प्रतिनिधिहरुले समेत बन्दशत्र बाहिर आएर गगनको भाषण सुन्न भ्याएका थिए ।

देउवा र पौडेलेको प्रचार सामग्री भिरेर गगनको भाषण

त्यहाँ गगनको भाषण उनका पक्षका कार्यकर्ताहरुले मात्रै सुनीरहेका थिएनन् । शेरबहादुर देउवा, रामचन्द्र पौडल प्यानलका कार्यकर्ताहरुले समेत सुनीरहेका थिए । पौडेल र देउवाका प्रचार सामग्री भिरेका कार्यकर्ताहरु समेत गगनको भाषणा सुनेर ताली बजाइरहेका थिए ।

‘मैले हचुवाका भरमा उम्मेदवारी दिएको हैन’

यसैबीच थापाले आफूले हुचवानको भरमा उम्मेदवारी नदिएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै  उनले भने, ‘मैले हचुवाका भरमा उम्मेदवारी दिएको हैन, महिनौँ भयो महामन्त्रीको घोषणा गरेको, हाम्रा पुस्ताका साथी धेरै ‘कम्प्रोमाइज’ गर्दैनन्, त्यसैले यो जोखिम मैले उठाएको हो । ‘

उनले आफूले कोइराला, पौडेल र देउवा तीनैजना शीर्ष नेतालाई अभिभावक बनेर दोस्रो पुस्तालाई नेत्तृत्व छोड्न आग्रह गरेको स्मरण गदै भने ‘अहिले काँग्रेस अभिभावकविहीन पार्टी भएको छ ।’ महामन्त्रीमा ससुरा अर्जुनरसिंह केसी र बिपीपुत्र डा शशाङ्क कोइरालाको पनि उम्मेदवारी पर्नुलाई सामान्य रुपमा लिनुभएका थापाले भने, ‘कस्को छोरा वा बुबा लड्नुभएको छ या छैन भनेर मैले लड्ने या नलड्ने निधो गरिन र यसमा सरोकार छैन ।’

जसको जित–हार भएपनि महाधिवेशनपछि पार्टी एकढिक्का भएर जानुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए ।

,