देउवाको मत संख्या बढ्दै मत प्रतिसत घट्दै, ५१ प्रतिशतका लागि संघर्ष




देउवाको मत संख्या बढ्दै मत प्रतिसत घट्दै,  ५१ प्रतिशतका लागि संघर्ष


कांग्रेस सभापति पदका लागि सुरुवातदेखि अगाडी रहेका नेता शेरबहादुर देउवा अरु प्रतिस्पर्धीले भन्दा धेरै मत पाएपनि बिधान अनुसार ५१ प्रतिसत ल्याउन सक्छन की सक्दैन भन्ने भईरहेको छ ।

१८ सय मत गणना हुँदा उनले ५० प्रतिशतभन्दा ३९ मतले अग्रता लिएका थिए। २१ सय मत गणना हुँदा उनी ५० प्रतिशतभन्दा १९ मतले अगाडि थिए। २२ सयमा पुग्दा उनी १४ मतले मात्र अगाडि थिए। त्यस्तै २४ सय मतको गणना हुँदा उनी ५० प्रतिशतभन्दा उनले ५ मत मात्र बढी ल्याएका छन्।

 यसले सभापतिका लागि फेरी चुनाब गर्नु पर्ने अवस्था आउने हो की भन्ने भईरहेको छ । यद्दपी अन्तिम नतिजाका लागि ७ सय ४८ मत गन्न बाँकी छ।

यदि कुनै उम्मेद्वारले कुल मतको ५१ प्रतिशत नल्याएमा बढी मत ल्याउने दुई उम्मेद्वारबीच दोस्रो चरणको निर्वाचन हुनेछ।

, ,