अफगानिस्तानले बलियो टिम वेष्टइण्डिजलाई हरायो

काठमाडौं, चैत १४, विश्वकप २०१६ को टि-२०मा अफगानिस्तानले वेस्ट इण्डिजलाइ रोमाञ्चक हार चखाएको छ। सुपर टेनको समूह चरणको अन्तिम खेलमा समूहको शीर्ष स्थानमा रहेको वेष्टइण्डिजलाई अफगानिस्तानले ६ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै ११७ रन मात्र बनायो।

अफगानिस्तानका लागि मोहम्मद नाबी र र रासिद खानले २-२ विकेट लिए।

,