विकास आफै हुदैन, हामीले गर्ने हो


बिष्णु गौतम 
करिब पाँच दशक आगाडीसम्म दक्षिण कोरिया पुरै गरिवीको दलदलमा भासिएको थियो | भ्रष्टाचार शिखरमा थियो | पुरै  देश  आराज्कताले  गाँजिसकेको थियो भने जी डी पी दर साठ्ठी अमेरिकन डलरमा  थियो।

त्यो अस्तब्यस्त अवस्था देखेर तत्कालिन  रास्ट्रपती पार्क अतालिदै  विदेशबाट केहि सिक्ने मनशाय बनाइ जर्मन  भ्रमणमा जानुभयो। जर्मन पुगेपछी उहाँ झन् धेरै दु:खी हुनुभयो, कारण  रोजगारीको अभावमा विदेशिएका धेरै कोरियन जनताहरु जर्मन निर्माणमा जुटेका थिए र त्यहाँ कठिन भन्दा कठिन काम मात्र कोरियनहरुलाई दिइन्थ्यो | त्यो देखेर उनले मन थाम्नै सकेनन ।

  केहि  समयपछि त्यहाँको रंगशालामा उनको बोल्ने कार्यक्रम तय भयो | अनि उनको भाषण सुन्न त्यहाँ कार्यरत लाखौं कोरियन मजदुरहरु  पुगे | तर पार्कले औपचारिकता निभाउन मात्र सकेनन तोकिएको घेराभन्दा बाहिर गएर कोरियन जनता सामु हात जोडेर रुदै भने "बाबु हो अब आफ्नो देश फर्क, म दिगो विकाशको योजना तयार गर्छु | यहाँ  खर्चिएको बललाई तिम्रो देश सिगार्न लगाउ ! म हाम्रो देश विकाश भएको, तिमीहरुका नानीहरु स्कुल गएको र तिमीहरु सबैले  दिनभर काम गरेर टन्न खाएको /लाएको देख्न चाहन्छु।" उनले थपेका थिए, "हामी विरामी हुँदा औषधि किनेर खान सकौ | एक ठाउंबाट अर्को ठाउँमा जाँदा मोटर चढेर जान सकौं | त्यतिभए कोरियाले विकाशले गति लिने छ र कृषि, पशुपालन तथा घरेलु उद्योगलाई प्राथमिकतामा राखेर देशलाई आत्मनिर्भर मात्र नबनाई विकाशको गति दिनुपर्दछ|" अन्त्यमा उनले  रुदै भनेका थिए, "अब तिमीहरु कोरिया फर्केर कुटोकोदालो समात्न तयार होउ।"

 अनि उनको कुरा सुनेर विश्म्रित भैरहेका जर्मन  चान्सलर समक्ष अनुरोध गरे, "महामहिम हामीलाई आर्थिक सहयोग गर्नुहोस। हामी कोरियामा तिब्र विकाशका योजना लागु गरि  समुन्नत कोरिया बनाउछौं। म विकशित कोरिया देखेर मात्र मर्न चाहन्छु।"

 केहि समयपछी त्यस्तै भयो | जर्मनले कोरियालाई सहयोग आर्थिक सहयोग गर्यो | पार्कले दिगो विकाशको योजना बनाउन लगाए | कोरियालीहरु पनि बिस्तारै आफ्नो देशमा  फर्के र राष्ट्र निर्माणमा जुटे | परिणामत: त्यतिबेलै  कोरिया विकाश मात्रै भएन यतिखेर विश्वमै रोजगारकोलागि उत्कृष्ट थलो समेत बनिसकेको  छ ।

जगजाहेर छ, यतिबेला हाम्रो नेपालको स्थिति १९६२ को कोरियाको भन्दा जर्जर छ। ६० लाख नेपाली घर छोडेर विभिन्न मुलुकमा आफ्नो श्रम बेचिरहेका छौ | अझ खाडी क्षेत्रमा त श्रम मात्र बेचिरहेका छैनौ, प्रचण्ड भट्टीमा रापीईरहेका छौं। देशभित्र पनि अबस्था राम्रो छैन | शासन शैली अराजकतातिर गैरहेको छ | भष्ट्राचार शिखरमा छ। नीति नियम बनाई लुट्नेले पनि विभिन्न बहानामा लुटीरहेकैछन | हरदिन हामी आम जनता विवश भएर बाँच्न बाध्य छौं, स्पष्ट नीति नियमकै अभावमा | विनाशकारी भूकम्पले घरबार बिहिन बनाई रहेको अवस्था छ भने हामी पिडित जनतासित, ताप  र हावा हुरी खपेर पालमुनी बसेर बाँच्न बाध्य छौं | तर सरकारमा बस्नेहरुले त्यति जिम्मेवारी लिएर भुमिका  निभाएको देखिन्न। तर यसो भनेर आफुलाई निर्दोष, निरिह र कम्जोर जानी जानी बुझपचाई बस्न सुहाउदैन |

हरेक नेपालीले राष्ट्रलाई मुटुमा राखी मन वचन कर्मले रुपान्तरनलाई हजारौ माईलको यात्रा नठानी जति इन्च सक्छौ हामीले गर्नेछौ भन्ने मानाशिकता बनाई प्रत्येक म ले  अगाडी बढ्नु अपरिहार्य छ।

त्यतिबेला राष्ट्रपती पार्क देशको सर्बोच्च कार्यकारी हुनुहुन्थ्यो | आबस्यक योजना निर्माण गर्न र त्यसलाई लागु गर्न आबस्यक नीति समेत बनाई कार्यन्वयनमा लागने क्षमता  राख्नु हुन्थ्यो र  उहाँले त्यस्तै गर्नु भयो पनि। यतिबेला म पनि सामान्य नेपाली नागरिकको रुपमा आफुले स्थापना गरेको संस्था लक्ष्मी प्रतिष्ठानकाले ५ बर्षमा गरेका गतिविधिहरुको बृत्तचित्र प्रदर्शन गरि सबैमा प्रतिष्ठानले गरेका कामको सचित्र जानकारी गराई संस्थाको मजवुतिका लागी संजाल विस्तार समेत गर्दै संयुक्त राज्य अमेरिकाका बिभिन्न राज्यहरुमका घुमीरहेको छु।

२ वर्ष अगाडीदेखि त्यतिबेला राष्ट्रपति पार्कले कोरिया निर्माणका लागि देखेको सपना जस्तै गरि नेपालका अति गरिब सिमान्तकृत चेपांग हरुबसोबास गर्दै आएका कान्दा गाउँ  रुपान्तरणको सपना साँचेर त्यो विकट गाउँमा पुगेर उनिहरुकालागी गाँस, बास, शिक्षा, स्वास्थ र स्वावलम्वनको अभियान चलाई रहेका छौ । दाताहरुले पनि निस्वार्थ मन खोलेर सहयोग गरिरहनु भएको छ। मनमा विश्वास छ, 'एकदिन कान्दा रुपान्तरण अभियान हामी धेरैकालागि ग्रामिण विकाशको नमुना सावित सकोस ।'

नेपालका लागि नेपालीको सपना, नेपालीकै सहयोग नेपाली नेपाली बिचको सहकार्यले यस्ता अभियानलाई गाउँ गाउँ पुर्याई समग्र राष्ट्रको विकाश गर्न सकौं।

  यो पटक अमेरिकाका केही राज्यमा गरिने कार्यक्रमहरु मध्ये भर्जिनियामा गरिएको पहिलो कार्यक्रमा हामीले पाएको न्यानो मायाँ, असिम आदर, हार्दिकता भरिएको साथ् , उल्लेख्य सहयोगले हामीलाई धेरै उर्जा प्राप्त भएको छ | आज भगवानले तिमी आँट म पुर्याउछु भन्नु हुन्छरे भन्ने भनाई संचिकै सार्थक भएको छ | लागिरहेको छ, हरेक रुपमा उहाँले हामीलाई अगाडी बढ्न प्रेरित गर्दै हुनुहुन्छ। हाम्रो आत्मविश्वास झन धेरै बढेको छ | हामी आदरणीय आत्मावन मित्रहरुसबैलाई हृदयदेखी आभार ब्यक्त गर्दछौ र सबैबाट प्राप्त यो असिम मायालाई देशका कुन कन्दराहरुमा पुर्याई मानवीय सेवा मार्फत शुन्दर र समुन्नत समाज बनाउन लागी सक्रिय हुनेछौ । यति गर्न सके आफ्नो जन्म समेत   सार्थक भएको ठान्ने छौ । मनमा बिश्वास बनाउँ की विकास आफै हुदैन, हामीले  गर्ने हो।
(नेपालको चितवन जिल्लाको कान्दामा रहेको चेपांग बस्तिको सुधारमा सक्रिय गौतम अहिले अमेरिकामा छन् | गौतमको यो ड्रिम प्रोजेक्टका बारेमा भर्जिनियामा एउटा बृहत कार्यक्रम सम्पन्न भईसकेको छ | सोहि कार्यक्रमपछि गौतमको यो लेख आएको हो | उनको बारेमा थप जानकारी लिन चाहनेहरुले तलको अन्तर्वार्ता हेर्नुहोला | -सम्पादक )

,