सरकारी ध्वाजावाहक विमानलाई विश्वास किन नगरेको प्रधानमन्त्री ज्यु ?



प्रकाश श्रेष्ठ 

      जव सम्म सरकारी स्रोत र साधनहरु, संयन्त्रहरुहरु प्रति स्वयं राज्यका निकायमा कार्यरत व्यक्तीहरुको विश्वास र भरोसा हुँदैन तव सम्म देशका हरेक सरकारी निकाय र तिनका अधीनमा संचालित संघ, संस्थाहरुका गतिविधीमा समेत विश्वास र भरोसा आम सर्वसाधारणमा हुन सक्छ भनेर कसरी अनुमान गर्न सकिन्छ । त्यस्तै परिदृश्य अहिले भर्खरै औपचारिक रुपमा चीन भ्रमणमा जम्बो टोली लिएर निजी विमान हिमालय एअरलाईन्सको जहाज प्रयोग गरि त्यहाँ पुगिसकेका प्रधानमन्त्रीको व्यवहारबाट त्यस्तै अवस्था देखिएको छ ।  जुन एअरलाईन्सको विमानको व्यवसायीक उडान समेत भएको छैन । यसै अवस्थालाई मध्यनजर राखी नेपाल वायुसेवा निगमका वरिष्ठ पाईलट/क्याप्टेन विजय लामाले राष्ट्रिय ध्वाजावाहक विमानलाई प्रयोग नगरेको प्रति एक किसिमको रोष र गुनासो पोखेको पनि खबरहरु आएको छ ।
         एक किसिमले यस्तो गुनासो र असहमतिहरु देखिनु पनि सामान्यरुपमा लिन सकिएला तापनि वास्तवमै गहनरुपमा हेर्ने हो भने यस किसिमको व्यवहारले सरकारी साधनहरु माथीको विश्वासनियता माथी नै शंका गर्न सकिने प्रशस्त ठाउँ रहेको देखिन्छ । सरकारी ध्वाजावाहक जहाजको कार्यसम्पादन र जहाजको मेकानिजम पक्षमै शंका  गरेर वा जोखिम देखेर निजी विमान कम्पनीको नयाँ जहाजमा ९० जनाको जम्बो टोली सहित प्रधानमन्त्री लगायत उच्च पदस्थ सरकारी अधिकारीहरु चीन प्रस्थान गरेको भन्ने टिकाटिप्पणीहरु पनि सुनिन थालिएको छ ।
             यसै त सन् १९९१ देखि नेपालमा आर्थिक उदाहरिकरण र निजीकरणको नाममा तत्कालिन सरकारले अधिकांश राष्ट्रिय महत्वका सार्वजनिक संस्थानहरुलाई कौडीको मुल्यमा निजी क्षेत्रलाई विक्री गरेर निजीकरणको आर्थिक प्रणालीलाई महत्व दिएको पाईन्छ र अहिले आएर त्यस कार्यको चौतर्फी विरोध र गल्ती गरिएको भन्ने चर्चाहरु सुन्ने गरिन्छ । त्यस्तै अधिकांश सरकारी कार्यालयहरुको काम-कार्वाहीहरु प्रति जनताहरुको गुनासो र असहमति रहदै आएको छ । सरकारी कामकार्वाहीहरुमा ढिलासुस्ती र लापार्वाही हुँदै आएको घुस नखाई समयमै सरकारी कार्यालयबाट काम गराउन नसकिने गुनासाहरु र कतिपय घुस खाँदै गरेका कर्मचारीहरुलाई रंगेहात पकडिएको समाचारहरु पनि सुन्नमा र देख्नमा आएको छ । यसले गर्दा सरकारी कर्मचारीतन्त्र माथी नै सर्वसाधरणको जनविस्वास घट्दै गएको छ । यस्तो अवस्थामा झन् देशको प्रमुख पदमा आसिन व्यक्तीबाटै यस किसिमको व्यवहार प्रदर्शन गरिदा झन् सरकारी संयन्त्र र साधनहरु प्रति नै जनविस्वास घट्दै जाने देखिन्छ ।
         भर्खरै भुकम्प पिडीतहरुको आवास निर्माण लगायत भत्किएका संरचना पुनर्निर्माण गर्ने हेतुले सरकारबाट जिम्मेवारी सहित पदभार ग्रहण गरेका पुनर्निर्माण प्राधिकरणका सिईयो सुशिल ज्ञवाली विरुद्ध परेको भ्रष्टचारको उजुरीमा अख़्तियार अनुसन्धान आयोगले अनुसन्धान अगाडी बढाएको खवर पनि आएको छ । यसले गर्दा समेत सरकारी अधिकारीहरु प्रति जनविस्वास दिन प्रति दिन घट्दै गएको छ । देशको शासन सत्ता समालेका नेताहरु नै भ्रष्टचारको आरोपमा सर्वोच्च अदालतबाट नै प्रमाणित भएर जेल सजाय भोगेका पनि हामी सबैले देखेकै हो र त्यस्तै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका अधिकारीहरु समेत भ्रस्टचारी प्रमाणित भएको घटनाहरुपनि नेपालीहरुका लागी नौलो रहेको छैन ।
        त्यस्तै विभिन्न सरकारी मन्त्रालय र विभागका काम कार्वाही , कर्मचारी सरुवा, बढुवा तथा विदेश स्थित राजदुतावासमा राजदुत लगायत कर्मचारी नियुक्ती समेतमा ठुलो धनराशिको चलखेल हुने गरेको समाचार आउने गरेको अवस्थामा सरकारी तवरबाटै अर्थात् सरकार प्रमुखको औपचारिक भ्रमण समेत निजी विमानलाई प्रयोग गरि भर्खरै कानुनी प्रकृया पुरा गर्दै गरेको एयरलाईन्सलाई विज्ञापन र प्रचारवाजी गरेर व्यक्तीगत प्रलोभनमा परेको त हैन भन्ने शंका गर्न सकिने ठाउँ पनि देखिएको छ । यति भनिरहँदा निजी क्षेत्रलाई निरुत्साहित गर्नु पर्छ भन्ने मान्यता कदापी होईन तर सरकारी जिम्मेवारीहरु पुरा गर्दा सरकारी लगानीमा रहेका चिजहरुको उपयोग गर्न सके आम जनतामा सरकारी सेवा, सुविधा र साधन प्रति विश्वास बढ्न सक्छ भन्ने मान्यता मात्र हो ।
       आगामी दिनहरुमा सरकारी कामकार्वाहीहरुमा सरकारी साधनहरुलाई नै विश्वास गरेर उपयोगमा ल्याउन सकेमा सार्वजनिक संस्थान देखि सरकारी वस्तु तथा सेवामा आम जनताको विश्वास कायम हुन सक्ने देखिन्छ । अन्यथा सरकारी स्कुल, सरकारी अस्पताल , सरकारी बैक, विक्तिय संस्था , सार्वजनिक यातायात, सरकारी कार्यालय लगायतका संस्थाहरुमा झनै जनताको विश्वास, मुल्य, मान्यता, धारणा, अपेक्षा, भरोसामा समेत कमि आउँदै जानेछ ।
 
             बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका