खुमबहादुर खड्का किङ मेकर बन्ने

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा खुमबहादुर खड्का किङ मेकर बन्न् देखिएको छ ।

उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भए ।

राजधानी दैनिकमा समाचार छ - सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पाभुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्का निकट हुन्।