कोषाध्यक्ष पदमा सीतादेवी यादब ९ मतले विजयी







नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कोषाध्यक्ष पदमा सीतादेवी यादब ९ मतले विजयी भएकी छन्।

 रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनेकी सीतादेवी यादब र शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार भएकी चित्रलेखा यादबलाई हराउदै सीतादेवी विजयी भएकी हुन्।

रामचन्द्र पौडेल  प्यानलबाट उम्मेदवार बनेकी उनले १२१७ मत पाइन्। शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेकी चित्रलेखा यादबले सीतादेवीलाई मत गणनाको अन्तिम समयसम्म पनि टक्कर दिएकी थिइन्। उनले १२०९ मत प्राप्त गर्न सफल भईन |

पौडेल प्यानलबाट नै शशांक कोइराला महामन्त्रीमा विजयी भईसकेका छन् |

,