विश्व साईकल यात्री कालिकाप्रसाद भण्डारीलाई बाल्टिमोरमा सम्मान र सहयोग


 बाल्टिमोर, मार्च २० 

तनहु अमेरिका सोसाईटीको आयोजनामा अपांग भएर पनि विश्व साईकल यात्रामा निस्किएका तनहुका कालिकाप्रसाद भण्डारीको सम्मान र सहयोगमा बाल्टिमोरमा एक कार्यक्रम सम्पन्न भएको छ |

अपांगता भएका व्यक्तिहरूको अधिकार तथा विश्व शान्तिको नारा लिएर पारा-साईकिलिङ यात्रारत भण्डारी केहि समय अगाडी अमेरिकाको बाल्टिमोर आएका थिए | सोहि अवसरमा बाल्टिमोरमा कार्यक्रम गरिएको थियो | उक्त कार्यक्रमबाट भण्डारीलाई तनहु अमेरिका सोसाईटीले एक हजार सात डलर उठाएर सहयोग गरेको थियो | साथै उनलाई उनको साहसिक कार्यको प्रशंसा गर्दै सम्मान समेत गरिएको थियो |

उक्त सहयोग रकम महाबाणिज्यदुत तथा तनहुँ अमेरिका सोसाईटीका सल्लाहकार प्रेमराजा महतले हस्तान्तरण गर्नु भएको थियो | तनहुँ अमेरिका सोसाईटीका अध्यक्ष पर्ल रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्णजीवि पन्तले गर्नु भएको थियो |

तनहुँ जिल्ला पुर्कोट -१ घर भएका भण्डारीले अपाङ क्षेत्रमा १७ बर्ष काम गरेर लामो अनुभब हासिल गरेका छन् | साथै उनले ५ बर्ष अघिदेखि सुरू गरि अमेरिकासम्म आईपुग्दा ५० देशको  भ्रमण गरिसकेको बताए । आगामी  यात्रा दक्षिणी अमेरिकी मुलुकतर्फ रहेको उनले द नेपाल टुडेलाई जानकारी दिए |


,