ह्यारी–प्रधानमन्त्री भेटवार्ता



काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि बेलायती राजकुमार ह्यारीले बेलायतका लागि गोर्खा सैनिकले पुर्याएको योगदानको चर्चा गरेका छन् ।  उनले गोर्खाको योगदानको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ह्यारी र ओलीबीच भएको भेटवार्तामा उनले ‘गोर्खा’को मूक्तकण्ठले प्रसंसा गरे । ह्यारी पाँचदिने भ्रमणका क्रममा शनिबार काठमाडौँ आइपुगेका हुन् । उनले नेपालमा वन्यजन्तुको संरक्षण बारे चासो समेत राखेका छन् । प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच शनिबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो ।

राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले स्वागत समारोहको आयोजना गर्ने बताइएको छ । सो अवसरमा राजकुमारले स्वागत समारोहमा सहभागी नेपाल सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम तय भएको छ ।

गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुयाएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राखेका थिए । नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्नेछन् ।

, ,