टिम सिटौला: गगन महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष




काठमाडौँ, मार्च २ |

कांग्रेस महामन्त्री कृष्ण सिटौलाले सभापतिमा आफ्नो उमेद्वारी घोषणा गरेका छन्।

बत्तीसपुतलीमा एक कार्यक्रम गरी सिटौलाले टिमसहित आफ्नो उमेद्वारी घोषणा गरेका हुन्। उनको समूहमा गगन थापा महामन्त्री तथा उमाकान्त चौधरी कोषाध्यक्षको उमेद्वार बनेका छन् ।

उमेद्वारी घोषणाका क्रममा सिटौलाले राजनीति गर्ने मान्छेले समयको प्रवाहलाई बुझ्न सक्नु पर्दछ भन्दै आफ्नो उमेद्वारी समयको माग र हजारौं कार्यकर्ताको चाहना हो भने |

बत्तीसपुतलीमा आयोजित उक्त कार्यक्रममा उनले ६२/६३को जनआन्दोलन लगायत परिवर्तनका सबै घटनाक्रममा तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र त्यसपछिका सभापति शुसिल कोइरालासँगै रहेर काम गरेको राजनीति अनुभवका आधारमा पनि आफ्नो उमेद्वारी सार्थक रहने बताए |

तत्कालीन सभापति शुसिल कोइरालाले आफूलाई केहि समय पर्खेर नेतृत्वका लागि अगाडि बढ्न भनेको भन्दै अब आफू पछि नहट्ने बताए।

सो क्रममा सिटौला र गगन थापाले कांग्रेसका अर्का नेता तथा महामन्त्रीका उमेद्वार शशांक कोइरालाका अभिव्यक्तिप्रति बिरोध गर्दै केहि समय खर्चेका थिए | शशांकले बिगतको मुल्यांकन गरेर जानु पर्ने धारणा राख्दै आएका छन् |

अमेरिकाले  ओबामालाई विश्वास गर्दछ भने हामीले गगनलाई किन विश्वास नगर्ने? गगनले किन सक्दैनन्?' उनले युवा वर्गलाई पार्टीमा स्थान सिर्जना गर्नुपर्ने बताउँदै प्रश्न गरे |

महामन्त्रीका दावेदार गगन थापाले ६२ प्रतिशत ४० वर्ष मुनिका प्रतिनिधी आएको भन्दै आफ्नो पुस्तालाई विश्वास गर्ने कि नगर्ने भन्ने प्रश्न प्रतिनिधीसामू रहको धारणा राखे।

पार्टीभित्रको स्थायी गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै उनले पार्टीमा संस्थापन र संस्थापनविरोधी भन्ने अधिकार कसैलाई नभएको बताए।

कांग्रेसलाई सधै एउटा परिवारले नेतृत्व दिईरहन्छ भनेर सोच्नु हुदैन भन्दै थापाले हरेक कांग्रेसीको नशा नशामा बि.पी को रगत होइन विचार बगेको छ भने |  "मोहन शम्शेरलाई पुर्पुरोमा लेखेर शासन गर्ने दिन गए भन्ने शासह राख्थे बिपी, म तिनै बीपीको सच्चा अनुयायी हुँ।"  गगनले भने |

कोषाध्यक्षका उमेद्वार उमाकान्त चौधरीले आफूले तराई मधेश मुद्धाहरुलाई धेरै बुझेको र अधिकांश साथीहरुको आफुलाई समर्थन रहेको बताए |

,