प्रधानसेनापति अाज चीन जाँदै

काठमाडौँ, १३ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा औपचारिक भ्रमणका लागि आइतबार मित्रराष्ट्र चीन प्रस्थान गर्दैछन् ।

नेपाली सेनाको प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रधानसेनापतिबाट पहिलोपटक चीन भ्रमण हुन लागेको हो । प्रधानसेनापतिमा नियुक्त भएपछि छिमेकी मित्रराष्ट्रको औपचारिक भ्रमणको आदान–प्रदान हुने परम्परा छ ।

चीन भ्रमणका लागि प्रधानसेनापति क्षत्री आइतबार चीनको छेन्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षत्रीले चीन यात्रामा रहँदा त्यहाँको विभिन्न सैनिक संरचनाबारे स्थलगत जानकारी लिनुका साथै उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।