दुबईबाट उडेको विमान रुसमा दुर्घटना, विमानमा सवार सबैको मृत्यु

एजेन्सी चैत, ६-रुसमा यात्रु विमान दुर्घटना हुँदा ६० जनाको ज्यान गएको छ । दुबईबाट रुसका लागि उडेको फ्लाईदुबईको बोइङ ७३८ रुसको दक्षिणी शहर रोस्टोभ–अन–डनमा दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका ५५ जना यात्रु र चालक दलका ६ सदस्य गरी ६१ जनाको ज्यान गएको हो । रोस्तोभ–अन–दोनको विमानस्थलमा अवतरणको क्रममा रनवे भन्दा बाहिर गएका कारण दुर्घटनाग्रस्त भएको खबरमा उल्लेख । दुर्घटनाको यकिन कारण थाहा नभएपनि कमजोर भिजिविलिटी र तीब्र गतिमा चलेको हावाका कारण दुर्घटना भएको अनुमान गरिएको छ । विमान रहेका सबैको ज्यान गएको अनुमान गरिएको छ । दुर्घटना लगतै विमान विस्फोट भएको र आगलागी भएको थियो । रोस्टोभ–अन–डन विमानस्थलमा अवतरका लागि गएका विमानलाई अयन्त्र पठाइएको छ । उद्दारका लागि अहिले एक सय भन्दा धेरै उद्दारकर्मी घटनास्थलमा खटिएका छन् ।