आँखा जुधाई राष्ट्रिय खेल होस् नेपालमा (सुटिंग रिपोर्ट)

सतिश चापागाईं

आँखा जुधाई राष्ट्रिय खेल होस् नेपालमा 
मायामा घातगर्ने घातीलाई जेल होस् नेपालमा |

माया र प्रेममा भएका जालझेल र उठिबासलाई मुख्य बिषयवस्तु बनाएर चर्चित शब्द संकलक कुमार कान्छा घायल क्षेत्रीले नयाँ एल्बम सार्बजनिक गरेका छन् | यो एल्बमको नाम हो -मायामा घात |

लामो समयदेखि शब्द संकलक भएर नेपाली लोक गीतको क्षेत्रमा सक्रिय कुमार कान्छाले यो एल्बममा भने स्वर पनि दिएका छन् | चर्चित गायिका तिर्सना घर्ति मगरले महिला स्वर दिएकी छन | यो एल्बमका लय संकलक हुन् चर्चित लोकदोहोरी गायक ईन्द्र जीसी | कमला क्षेत्रीको शब्द रहेको यो एल्बमलाई टि टाईम म्यूजिकले बजारमा ल्याएको हो |

यस गीतको म्युजिक भिडियो पनि बजारमा आउदैछ | नेपाली लोकदोहोरीकी हट नायिका तिर्सना बुढाथोकीले गायक कुमार कान्छासंग अभिनय गरेकी छन् | कुमार कान्छाले अभिनय गरेको यो पहिलो पटक हो | उनि भन्छन, "जीवनमा गायक र नायक हुने ठुलो सपना थियो | त्यो पनि भईयो |" यो उनको छैठौं एल्बम हो |

पुर्बी पाल्पाको दर्छा गाबिसका कुमार कान्छा स्थानीय लोक लयमा झ्याम्मिदै रेडियो नेपालबाट बज्ने गीतहरु सुनेर हुर्किएका हुन् | रेडियो नेपालका हरेक सांगीतिक कार्यक्रममा उनले पत्राचार गर्ने गर्थे | त्यसैले उनको नाम नसुन्ने मान्छे कमै होलान |

नेपाली लोकदोहोरीका क्षेत्रमा उनले धेरै ठुलो योगदान दिएका छन् | दर्शक स्रोताबाट उनि धेरै आशाबादी पनि छन् | भन्छन, "मैले सक्दो मेहेनत गरेको छु | सबैले मन पराउनु हुन्छ होला |"

हेरौं यो म्युजिक भिडियोको सुटिंग रिपोर्ट :