नेपाली ब्यबसायीद्वारा संचालित लिकर स्टोरको बाल्टिमोरमा भब्य उदघाटन


बाल्टिमोरमा लामो समयदेखि संचालनमा रहेको नेपाली व्यवसायीको लिकर स्टोर 'ब्रिष्टल वाईन स्प्रिट एण्ड बार' अब अर्को स्थानमा सरेको छ |

नयाँ ठाउंमा सरेको उक्त स्टोरको भब्य उदघाटन गरिएको छ | सोमबार साँझ महाबाणिज्य दुत प्रेमराजा महत, नायिका ऋचा घिमिरे, नायक  मुकेश ढकाल, प्यारोडी गायक रतन सुबेदी, भारतीय मुलका अमेरिकन ब्यापारी राज कोपुरी र ध्रुब वन्त र अनु वन्तले संयुक्त रुपमा केक काटेर स्टोरको उदघाटन गरेका थिए |

बाल्टिमोरमा लामो समय देखि समाजसेवा र ब्यबसायमा संलग्न रहदै आउनु भएका ध्रुब वन्त र अनु वन्तका साथमा डेजी अर्याल र सुशील अर्यालको संयुक्त लगानीमा यो ब्यबसाय संचालनमा छ |

उदघाटन कार्यक्रममा उपस्थित व्यक्तिहरुले उक्त स्टोरको सफलताको शुभकामना ब्यक्त गरेका थिए |  उदघाटन कार्यक्रमको संचालन ख्याती प्राप्त उद्घोषक, कलाकार तथा रेडियोकर्मी सरोज के.सीले गरेका थिए |