प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

काठमाडौं चैत,७-प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जाँदै  भ्रमणमा उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संसदका सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको क्रममा व्यापार, पारवहन, बैंकिङ, पूर्वाधार विकास लगात विषयमा द्विपक्षीय छलफल र सम्झौता गर्ने तयारी छ । प्रधानमन्त्री सोमबार नै चिनियाँ समकक्षी ली केकियाङसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
त्यस्तै उहाँले हेनान प्रान्तको बोआओमा हुने ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा साङ्घाइ सहयोग सङ्गठन एससीओको संवाद साझेदारी प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली हिमालयन एयरलाइन्सको विमानमार्फत चीन जानेछ ।
नेपाली र चिनीया व्यापारीले संयुक्त रुपमा सञ्चालन गर्न लागेको यो एयरलाइन्सले केही दिनअघि चीनबाटै ल्याएको विमानमार्फत नेपाली टोली चीन जाने तय भएको हो ।
अहिलेसम्म अन्तराष्ट्रिय उडान नै नगरेको यो विमानको पहिलो उडानमै प्रधानमन्त्री ओली नेतृत्वको सरकारी टोली जान लागेको हो । सरकारी स्वामित्वको विमान हुँदाहुँदै नीजि कम्पनीको उडान नै सुरु नगरेको विमानमा जाने प्रधानमन्त्रीको निर्णयको आलोचना भएको छ