जहाजमा भेटिएन बम, विमानस्थल सुचारू

काठमाडाैं, चैत्र १४, भारतको नयाँ दिल्लीबाट काठमाडाैंस्थित त्रिभुवन विमानस्थलमा अोर्लेको जेट एयरवेजको जहाजमा बम रहेको भन्ने हल्ला निराधार सावित भएको छ। जहाजमा जाँचबुझ गर्दा बम फेला परेन।

विमानस्थल सुचारू भएको छ। राष्ट्रिय अन्तराष्ट्रिय उडान र अवतरण सुचारू भएको विमानस्थल सुरक्षा व्यवस्थापनका अधिकारीले जानकारी दिए। बम रहेको सूचना पाएपछि केहीबेर त्रिभुवन विमानस्थलमा अान्तरिक र अन्तराष्ट्रिय दुबै उडान उडान-अवतरण प्रभावित बनेको थियो। जहाजमा बम रहेको भन्ने हल्ला पछिल्लो समय बारम्बार चल्ने गरेको छ।