मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पोखरेलका स्वर्गीय पिताको बाल्टिमोरमा अन्त्येष्टी




बाल्टिमोर, अमेरिका,मार्च ६ |

एनआरएन अमेरिका, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदू पोखरेलका स्वर्गीय पिता रामप्रसाद पोखरेलको आईतबार बाल्टिमोरमा अन्त्येष्टी गरिएको छ |

स्वर्गीय पोखरेलको पार्थिव शरीरमा बाल्टिमोर र यस क्षेत्रका नेपालीहरु सहभागी भै अन्तिम श्रद्धान्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त पोखरेल परिवारप्रति समबेदना ब्यक्त गरेका थिए  |

दिवंगत पोखरेलका पुत्र जेदू पोखरेलले हिन्दू संस्कृति अनुसार आफ्ना बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए |अन्तिम श्रद्धान्जलीका लागि दिवंगत पोखरेलका छोरा,बुहारी,छोरी,नाति,नातिनी लगायत परिवारका सदस्यहरु थिए |

८४ वर्षीय पोखरेलको बिहीवार राती ग्लेन बर्नीस्थित बाल्टिमोर वासिंगटन मेडिकल सेन्टरमा निधन भएको थियो | विगत दुई महिनाभन्दा पहिलेदेखि पोखरेलको सोही अस्पतालमा उपचार भै रहेको थियो |


तस्बिर: ग्लोब नेपाल डटकम