छक्का पञ्जा गर्न दिपक दीपा टेण्टमा

काठमाडौं चैत, ५-यसअघि ठूलो पर्दाको दुई वटा सिनेमा बनाएका दिपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाउन लागेको छक्का पञ्जा बेग्लै किसिमले सुटिङ हुँदैछ ।
सुटिङ टेण्टमा पिकनिक गएको जस्तै गरी गरिने निर्देशक दीपाश्री निरौलाले जानकारी गराईन् । चलचित्रका लागि लोकेसन पनि फाइनल भईसकेको छ । फिल्मको अधिकांश सुटिङ पनौती, खोपासीमा हुनेछ । यस्तै नेपालथोक र भक्तपुरमा पनि केहि सुटिङ हुने हुनेछ ।  ६ एकान ६ र वडा नम्बर ६ बनाएको पुरानै टोलीले छक्का पञ्जा बनाउन लागेको हो ।
वडा नम्बर ६ को गीत सुर्केथैली अत्यधिक चर्चित रह्यो । सुर्के थैलीका राजनराज शिवाकोटीले नै छक्का पञ्जाका लागि गीत गरेका छन् । यस चलचित्रका लागि अहिलेसम्म दुई वटा गीत फाइनल भईसकेको छ ।