बाँकी मतगणना बुधबार



काठमाडौँ: नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय सदस्यको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि हुने भएको छ ।

निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ ।

खुलातर्फको मतगणनापछि मात्र क्रमशः अन्य पदको मतगणना गरिने जानकारी प्राप्त भएको छ।
 सभापति महामन्त्री र कोषाध्यक्षको मतगणनापछि केहि बेर यो कार्यले विश्राम पाएको छ |