जापानमा एक नेपाली महिलाको अकस्मात निधन


'ह्याप्पी बन्धु' बिश्व 

जापान फेब्रुअरी ४ |

जापानमा फेरी एक नेपाली महिलाको अकस्मात निधन भएको छ ।

काभ्रे स्थायी घर भएकी खिलकुमारी ढकालको आज बिहान ४:४५ मा अकस्मात निधन भएको उनका श्रीमान खेमराज ढकालले जानकारी दिएका छन् ।

जापानको टोकियो किताकु जुजुनाकाहारामा बसोबास गर्दै आएका ढकाल परिवारका अनुसार खिलकुमारीले हिजो बेलुका काम गरेर आउदै गर्दा एक्कासी मुटु दुख्यो भनेको र त्यहाँबाट सिधै साइतामाको अस्पतालमा लगिएको थियो । उपचार गर्दा गर्दै आज बिहान उनको निधन भएको हो ।

अत्यन्तै भावुक भएर कुरा गर्दै श्रीमान खेमराजले भर्खर आएको, खासै कमाइ पनि नभएकोले सम्पूर्ण जापानवासी नेपालीमा सहयोगको लागी अपिल गर्नु भएको छ । मृतक ढकालको एक छोरा र एक छोरी रहेका छन ।

श्रीमान खेमराजले आफु अहिले बेरोजगार रहेको र छोराछोरी सानै रहेकोले पनि आफुलाई धेरै गाह्रो हुने बताएका छन । उनले अंतिममा भने "सम्पूर्ण सहयोगी मनका हज़ुरहरूमा सहयोगको अपील गर्दछू । यसैगरि काभ्रेनै घर भै जापानमा लामो समय देखि ब्यबसाय गर्दै आउनु भएका भुवन अधिकारिले सहयोगको लागि सबै नेपालीमा अपिल गरेका छन् |"