दर्शक र सुरक्षाकर्मीबिच रंगशालमा झडप

एजेन्सी चैत, ६-फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलको क्रममा दर्शक र सुरक्षकर्मीबिच झडप भएको छ । लिग वान अन्तर्गत मार्सेले र रेनबिचको खेलको क्रममा खेलसकिन १५ मिनेट बाँकी हुँदा मैदानमा तनाव उत्पन्न भएको हो ।
घरेलु टोली मार्सेलेका समर्थक बार पन्छ्याउँदै मैदानमा प्रवेश गर्न खोजेपछि त्यहाँ रहेका सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए । तर ३–० ले पछि परेको अवस्थामा मार्सेलेका समर्थकले दर्शकदीर्घा र मैदानबिच लगाइएको तार जातिको बार भत्काएर मैदान प्रवेश गर्ने प्रयास गरेको तस्बिरमा देखिन्छ । सुरक्षाकर्मीले उनीहरुलाई रोक्ने प्रयास गरेका छन् । मार्सेलेका एक समर्थक मैदानमा प्रवेश गरेर चिच्याएका थिए । ती समर्थकलाई सुरक्षाकर्मीले निकै संघर्ष गरेर पछि गरेका थिए । मैदानमा रहेका सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिन नसकेपछि प्रहरीलाई बोलाइएको थियो । यो खेलमा मार्सेले ५–२ ले पराजित भएको थियो