मतगणनास्थलमा केहीबेर तनाब, स्थिति साम्य हुदै


काठमाडौं :

 नेपाली कांग्रेसका सभापति पदका लागि आज भएको दोस्रो पटकको निर्वाचनमा मत खसेको संख्याभन्दा धेरै मतपत्र फेला परेपछि देखिएको तनाब साम्य हुदै गएको छ |

यो तनाब मतगणना स्थलमा २० मिनेटसम्म भएको थियो |

बढी भेटिएका ती मतहरु चुनाब प्रचारका क्रममा बाँडिएका नमुना मतपत्रहरु रहेको बताईएको छ |

सोमबार राति ९ बज्नै लाग्दा मत गणनाको प्रकृया अगाडि बढेको थियो।

चार ठाउँमा मत गन्ने व्यवस्था गरेर मतपत्र खन्याइएपछि एकाएक  कूल खसेको मतभन्दा १५ वटा मत बढी फेला परेपछि मतगणना स्थलमा तनाब सिर्जना भएको थियो |

त्यसले मत गणना नै प्रभावित बनाएको थियो | नमुना मतपत्रको विवाद किनारा नलागेसम्म मत गणना प्रकृया अवरुद्ध भएको थियो |

निर्वाचन समितिका अनुसार विवाद समाधान भईसकेको छ | निर्वाचन कार्यमा खटिएका कर्मचारीहरु खाना खान गएकाले मतगणना रोकिएको छ | कर्मचारीहरु आउने बित्तिकै मतगणना शुरु हुने बुझिएको छ |

,