ट्रयाक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर चैत, ६-मोरङको टंकीसिनवारीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कोशी राजमार्ग अन्तर्गत टंकी चौकमा मे १ त ११७२ नम्बरको ट्रयाक्टरको ठक्करबाट झोराहाटका मुकेश खनालको ज्यान गएको हो । तरकारी लिएर साइकलमा सडक पार पर्न लागेको अवस्थामा खनालट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट लडेका उनको घटना स्थलमा नै ज्यान गएको हो ।
मृतक खनालको शवलाई पोष्टर्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ । ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।