सुजाताले यस कारण सघाइन् रामचन्द्रलाई



काठमाडौँ  

कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको भोलिपल्टै फिर्ता लिएकी छिन्।  उनले आफ्नै निवास मण्डिखाटारमा सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र महामन्त्रीका उम्मेदवार शशांक कोइरालालाई सँगै राखेर उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।

१९ फागुनमा सभापति पदमा आफूले उम्मेदवारी दिने र कसै गरी पनि ‘ब्याक’ नहुने बताएकी सुजाताले २० फागुनमा कांग्रेस संस्थापन पक्षका उम्मेदवार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। ‘मैले मेरो उम्मेद्वारी दिएर कार्यकर्तालाई चिन्तित पार्न चाहन्नँ। पार्टी संकटमा छ। रामचन्द्र जीसँग मेरो गम्भीर कुरा भयो। त्यसैले उहाँलाई समर्थन गर्दै मेरो उम्मेद्वारी फिर्ता गर्छु,’पत्रकार सम्मेलनमा कोइरालाले भनिन्।

उनले आफू सभापतिमा उठेर कार्यकर्तालाई निरास नबनाउने बताइन् । ‘रामचन्द्रजी सँग गम्भीर कुरा भयो। पार्टी संकटमा छ। त्यसैले उहाँलाई समर्थन गर्दै मेरो उम्मेद्वारी फिर्ता गर्छु,’ उनले भनिन्। आफू अब केन्द्रीय सदस्यमा चुनाव लड्ने भन्दै उनले सभापतिमा पौडेल निर्वाचित भएपछि उनले आफूलाई जुन स्थानमा दिन्छन् त्यसमै रमाउने बताइन्।

यस कारण सहयोग गरिन् सुजताले ?

सुजताले हिजोमात्रै सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेकी थिइन् । पौडेलको घोषणा सभामा उनी उपस्थीत थिइनन् । सभापति उठ्ने घोषणा गरीरहदा सुजताले टिम निर्माण भने गरेकी थिइनन् । न उनको टिम नै थियो । यसको मतलब उनी ‘बार्गेनिङ्ग’को राजनीतिमा थिइन् । आफूले जित्न पनि नसक्ने, समुह निर्माण गर्न पनि नसक्ने अवस्थामा उनी थिइन् । यस कारण पनि उनी पौडेलसँग ‘बार्गेनिङ्ग’ गरेर मात्रै सहयोग गर्न चहान्थिन् ।

पौडेलले उनको यो चहना पुरा गरीदिएपछि विहिबार बिहानै उम्मेदवारी फिर्ता लिएको कांग्रेस स्रोतले जनाएको छ । स्रोत भन्छ,‘उहाँको माग पुरा भयो ।’ ती स्रोतका पौडेल सभापति भएमा विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने सहमति भएको छ । यसैगरी केन्द्रीय कार्यसमितिमा सुजाताले सिफारिस गरेका पाँच केन्द्रीय सदस्य राख्न पौडेल तयार भएका छन् ।

रामचन्द्रले भने, ‘अब सुजाता जी केन्द्रीय सदस्यमा उठ्नुहुन्छ’

कार्यक्रममा बोल्दै सभापतिका उम्मेद्वार रामचन्द्र पौडेलले कोइरालाको उम्मेद्वारी फिर्तालाई स्वागत गर्दै कृष्ण प्रसाद सिटौलालाई पनि उम्मेद्वारी फिर्ता गरेर आउन सुझाए। ‘अब सुजाता जी केन्द्रीय सदस्यमा उठ्नुहुन्छ। हामीले गिरीजाबाबुको छोरी भएकाले धेरै उहाँमा धेरै सम्भावना देखेका छौ। मैले गरेको कन्भिन्समा उहाँ सहमत हुनुभयो उहाँलाई उचित स्थान दिन्छौ,’ पौडेलले भने।

आफू २०१७ सालदेखि विचलन नभइ कांग्रेसमा लागेको सबैभन्दा पुरानो कार्यकर्ता भएकाले शेरबहादुर देउवालाई पनि सहयोग गर्न आग्रह गरे। ‘म १७ सालदेखि विचलित नभइ कांग्रेसको इमान्दार कार्यकर्ता हुँ। देउवा जीलाई पनि सहमतिमा आएर मलाई सहयोग गर्नुपर्छ,’ पौडेलले भने, उहाँलाई कहाँ स्थान दिनुपर्ने हो त्यसका लागि म तयार छु।’

,