इन्धनमा भारतको एकाधिकार कायमै

काठमाडौं चैत,९-प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा इन्धन संझौता हुन नसकेपछि पेट्रोलियम पदार्थ आयातमा भारतकै एकाधिकार कायम रहने देखिएको छ । भारतीय नाकाबन्दीपछि नेपाल र चीनका अधिकारीबीच कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट आयात गर्नेसम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । तर, प्रधानमन्त्रीको ओपचारिक भ्रमण सम्झौता नभएपछि चार दशक लामो भारतीय एकाधिकार कायम रहने देखिएको हो । पाँच महिना लामो भारतीय नाकाबन्दीबाट भर्खरै मुक्ति पाएका नेपाली नागरिकले प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन सम्झौता हुने अपेक्षा गरेका थिए । छिमेकी दुई देशबाट इन्धन आपूर्ति हुँदा बजार सन्तुलन राख्न सहज हुने अनुमान धेरैको थियो ।