मतदान सकियो, २८ मत कम खस्यो, मतगणना आजै





नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ।

दोस्रो चरणमा पहिलोको भन्दा २८ मत कम खसेको छ |

महाधिवेशनस्थल सभागृहमा भएको मतदानमा आज ३१२० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा हिजो ३१४८ मत खसेको थियो।

३१६१ मतदाता रहेकोमा आज ३१२०ले मात्रै मतदान गरेका हुन्।

पार्टीको बिधान अनुसार पहिलोचरणमा सबैभन्दा कम मत ल्याएका प्रत्यासी कृष्णप्रसाद सिटौला बाहिरिएका छन् |

 आज शेरबहादुर देउवा र रामचन्द्र पौडेलका बीचमा प्रतिस्पर्धा भएको छ |  

दोस्रो चरणको मतदानको मतगणना आजै गरिने निर्वाचन समितिले संचारकर्मीलाई बताएको छ।

, ,