यूरोपमा दीपक लिम्बुको होली गीतको चर्चा

काठमाडौं चैत,७-पहिलो नेपाली तारा दीपक लिम्बूको  होली गीत ‘म रंग हु’ले यूरोपमा चर्चा बटुल्न थालेको छ । महिना दिनअघि यूरोप टुरमा निस्केका गायक लिम्बूले अझै डेढ महिना यूरोपमै प्रस्तुती दिनेछन् ।
उनले पुराना गीतका साथमा नयाा एल्बम ‘रंग होलीको’मा समावेश गरिएको ‘म रंग हुा’ बोलको गीत पनि गाउन छुटाएका छैनन् । त्यसपछि त ‘दीपक लिम्बू सााझ’मा उपस्थित दर्शकको मुखमा यो गीत नझुण्डिने कुरै भएन । यसै साता होली परेको हुादा पनि यस गीतको चर्चा चुलिन थालेको हो ।
महिना दिनसम्ममा यूरोपको दश ठाउामा गायक लिम्बूले आफ्नो प्रस्तुती पस्किसकेका छन् ।
गायक लिम्बूका अनुसार अझै दर्जन स्थानमा प्रस्तुती दिन बााकी छ । नेप्लिज आर्ट एन्ड कल्चर सेन्टरका डम्बर सिंघक, गणेश इजम र सकुन्तला नेङमाङले दीपक एकल सााझको आयोजना गरेका हुन् ।