बाल्टिमोरमा योगा शिबिर सम्पन्न, अब हरेक आईतबार योगा गर्न पाईने




नेपाल अमेरिका कलाकार संघ र बानाको संयुक्त आयोजनामा अमेरिकाको बाल्टिमोरमा निशुल्क योगा शिविर सम्पन्न भएको छ | आईतबार बिहान ८ बजेदेखि शुरु भएर झन्डै २ घण्टा शिविर चलेको थियो | शिविरको संचालन योगा प्रशिक्षक श्रुती दाहालले गर्नु भएको थियो |

शिबिरमा बाल्टिमोर बिशिष्ठ व्यक्तिहरुको सहभागिता थियो | सहभागीहरुले पहिलो दिनको अभ्यासबाट आफुहरु आकर्षित भएको बताएका थिए |

 योगा शिबिर अब हरेक हप्ताको आईतबार संचालन हुने भएको छ |  शिविरको संचालन योगा प्रशिक्षक श्रुती दाहालले गर्नु हुनेछ | प्रशिक्षक दाहालले नेपालमा लामो समयसम्म योगा अभ्यास गर्नुका साथै योग गुरु रामदेवबाट प्रशिक्षीत प्रशिक्षक हुनुहुन्छ | उहाँ नेपाली नायिका ऋचा घिमिरेकी आमा हुनुहुन्छ |

योगा कक्षा माउन्ट एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो भएको स्थानमा नै संचालन हुनेछ | यहि स्थानमा नेपाली भाषा कक्षा र नृत्य कक्षा समेत हुने गर्दछ |









, ,