काभ्रेमा बस दुर्घटना, दुईको मृत्यु, ६५ घाइते

काभ्रे चैत्र ५,- दोलखाबाट काठमाडौंका लागि छुटेको यात्रु बस काभ्रेको पाँचखालमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दोलखाको मेलुङबाट काठमाडौं आउादै गरेको बा.३.ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेको छ । ७० जना यात्रु बोकेर तिव्र गतिमा काठमाडौं आउँदै गरेको बस धुलिखेलबाट पाँचखालका लागि छुटेको बा ३९ प ८६४५ नम्बरको मोटर साइकललाई ठक्कर दिएर सडकबाट तल खसेको थियो
बसमा सबार मिना गिरीका अनुसार, डाडाखर्क गाविसकी सुष्मा विकको मृत्यु भएको हो ।
घटनास्थलमा नै मृत्यु भएका सहचालकको पहिचान हुन सकेको छैन । प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ । बसमा ७० यात्रु थिए । गिरीका अनुसार,  विहान साढे ७ बजे छुट्नुपर्ने गाडी ८ बजे छुटेकाले तिव्र गतिमा आइरहेको थियो । बसले मोटरसाइकललाई ठक्कर दिदा चालक घाइते छन् । घाइतेको धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।