सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, १७ चैत, बेग्ला बेग्लै दुर्घटनामा बुधबार तीनजनाको ज्यान गएको छ। रूपन्देही सैनामैना–७ स्थित सोना इँटा भट्टामा काम गर्ने अर्घाखाँची बल्कोट–१ का १२ वर्षीय बिक्रम परियारलाई मंगलबार लु.२ त ३३३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु नेचा बतासे–७ स्थित सडकमा लु.३ त २३१५ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने १३ वर्षीय कुसाङ सेर्पालाई ठक्कर दिंदा मंगलबार घटना स्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पाल्पा अर्चले–८ स्थित सिलुवा सडकमा डोजरले बाटो खन्ने क्रममा सोही ठाउँ बस्ने ४६ वर्षीय लेखबहादुर रानालाई मंगलबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती सबै दुर्घटनाको छानबिन स्थानीय प्रहरीले गरिरहेको छ।

,