कांग्रेसले धोका दिएको एमाले नेता रबिन्द्र अधिकारीको आरोप



एमाले नेता रविन्द्र अधिकारीले यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिने बताएका छन् । संविधान कार्यान्वायनका लागि बसै दल मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

अधिकारी भन्छन्,‘संविधान निर्माण गर्दा हामीले कांग्रेसको नेतृत्व स्विकार्‍यौं । त्यतिखेर कांग्रेस र एमालेबीच पहिलो कांग्रेसले नेतृत् वगर्ने र पछि संविधान बनिसकेपछि एमालेले नेतृत्व गर्ने सहमति भएकै हो । कांग्रेसले एमालेको गुन बिर्सेको छ, त्यो अर्मपर्म बिर्सेको छ ।"

यदि कांग्रेसले लज्जाबोध गर्छ भने उसले यही सरकारमा समाबेश भएर संविधान कार्यान्वायनमा सघाउनुपर्छ । त्यो नै उसका लागि सच्चा प्रायश्चित पनि हुनेछ । अहिलेको आवश्यकता सर्वदलीय सरकार हो । त्यस्तो सरकार एमालेको नेतृत्वमा बनाएर संविधान कार्यान्वायन गर्दै सीमाकंन लगायत विवाद टुंग्याउनु आवश्यक छ । यही सरकारको नेतृत्वमा स्थानीय निकाय, प्रदेशहरुको निर्वाचन गर्नु पनि जरुरी छ ।

यदि प्रचण्डजीले एमाले बाहेकको राष्ट्रिय सरकारको कुरा उठाउनुभएको हो ने त्यसको कुनै औचित्य छैन । तर उहाले संविधान कार्यान्वायन लगायत संक्रमणकालीन जटिलता हल गर्न यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिने कुरा गर्नुभएको हो भए चाँही त्यो ठीकै हो दृष्टि साप्ताहिकमा खबर छ |