८ वर्षकी बालिकालाई बलात्कार गर्ने ६३ वर्षे वृद्ध पक्राउ

तेह्रथुम चैत, ७-आठ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरदुलारी नगरपालिका–७ घर भई अहिले तेह्रथुमको ओख्रे–२ मा बस्दै आएका ६३ वर्षीय गंगाराम लुईँटेल पक्राउ परेका छन् ।
लुईँटेललाई परिवार र बालिकाको उजुरीपछि शुक्रबार ओख्रे–२ स्थित डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुईँटेलले बुधबार बेलुका स्कुलबाट फर्कदै गरेकी बालिकालाई चिउरा र चकलेट खान दिन्छु भनी फकाईफुल्याई बलात्कार गरेको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान गरी इलाका प्रहरी कार्यालय बसन्तपुरले मुद्दा चलाउने तयारी गरिरहेको छ । लुईँटेल ओख्रे–२ स्थित हरिलाल ढकालको घरमा डेरामा बस्दै आएका थिए ।