दोस्रो चरणको मतगणना सुरू,तिन घण्टा भित्रमा नतिजा आउने



नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा सभापतिका लागि भएको प्रतिस्पर्धाको  दोस्रो चरणको मतगणना कार्य शुरु भएको छ |

तिन घण्टा भित्रमा नतिजा प्रकाशित गर्नेगरी मतगणना कार्य शुरु भएको छ |

 सभापति पदको दोस्रो चरणको निर्वाचनमा ३१ सय २० मत मात्र खसेको छ। महाधिवेशनमा ३१ सय ६१ प्रतिनिधि सहभागी थिए | यो मत संख्या पहिलो चरणको भन्दा २८  मतले कमी हो। पहिलो चरणको मतदानमा सभापति पदका लागि ३१ सय ४८ प्रतिनिधिले मत खसालेका थिए।

दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा छन्।

पहिलो चरणमा चुनावी मैदानमा रहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्ये कुनै पनि उमेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन गर्नु परेको हो। दिउँसो २ वजे सुरू भएको मतदान साँझा ७ वजे सम्पन भएको हो।

पहिलो चरणको निर्वाचनमा देउवाले १५ सय ६४ मत पाएको थिए। उनले पाएको यो मत ५१ प्रतिशत भन्दा मात्र ११ मतले कमी हो।

 त्यस्तै पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत पाउँदै दोस्रो र तेस्रो स्थानमा रहेका थिए।

त्यस्तै पहिलो चरणमा १ सय मत बदर भएको थियो।

अब दोस्रो चरणको निर्वाचनमा भने जुन उमेद्वारले बढी मत पाउँछन् उही उम्मेदार १३ औं महाधिवेशनबाट ४ वर्षका लागि सभापति पदमा रहने छन।

, ,