विजय र्यालीको तयारीमा देउवा पक्ष, सिटौलाको समर्थन खोज्दै पौडेल






काठमाडौं मार्च ६ | दोस्रो चरणको निर्वाचनको तयारी गर्दैगर्दा कांग्रेसको देउवा पक्ष बिजयोत्सवको मानसिकतामा देखिएको छ भने पौडेल पक्षले यसलाई सुनौलो अवसरका रुपमा लिएको छ |

अझैपनि दुवै पक्षले आफ्नो जित सुनिश्चित गर्न रस्साकस्सी गरिरहेका छन् | नेताहरुले बिभिन्न चरणका आन्तरिक बैठक गरिरहेको जानकारी प्राप्त भएका छन् | दुवै पक्षले यो प्रतिस्पर्धाबाट बाहिरिएका नेता सिटौलाको समर्थन खोजिरहेका छन् |

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा बरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो भएपनि आवश्यक बहुमत पुर्याउन सकेनन्। उनलाई विधानमा भएको आवश्यक बहुमत पुर्याउनको लागि ११ मत पुगेन। उनले खसेको मतको ५१ प्रतिसत पुर्याउन ११ मतको अभाब भयो |

पहिलो चरणको निर्वाचनमा देउवाले ४९.६८ प्रतिशत ल्याए भने अर्का प्रत्यासि कार्यवाहक सभापति रामचन्द्र पौडेलले ३६. ८४ प्रतिशत र महामन्त्री कृष्ण सिटौलाले १०. २९ प्रतिशत प्राप्त गरेका छन् | एक सय मत बदर भएको छ |

आवश्यक बहुमत ल्याउन नसकेपछि पार्टीको बिधान अनुसार दोस्रो चरणको निर्वाचन देउवा र पौडेलबीच हुने भएको छ।

यतिबेला सिटौलाले प्राप्त गरेको १०.२९ प्रतिशत मत कसको पक्षमा जान्छन् भन्ने कुराले सबैलाई आकर्षित गरेको छ | संस्थापन पक्षबाट नै बिद्रोही बनेर उठेका सिटौलाको समर्थन पौडेललाई हुन्छ की देउवालाई ? चासोका साथ् हेरिएको छ |

संस्थापन पक्षका भएपनि सिटौलाको उमेद्वारी देउवा जिताउन र रामचन्द्रलाई हराउनका लागि थियो भन्ने सबैको अनुमान थियो | तर सिटौलाका कारण नै देउवाले पहिलो चरणबाट बिजय हुने अवसर गुमाउनु पर्यो र दोस्रो चरणको सामना गर्नु पर्यो |

अब दोस्रो चरणको निर्वाचनको लागि प्रक्रिया शुरु भईसकेको छ | अझै पनि सिटौलाको समर्थनले दोस्रो चरणको निर्वाचन निर्णायक बन्ने धेरैको अनुमान छ। सतहमा देखिएजस्तै देउवालाई ११ मत थप्न सजिलो छैन | सिटौलाको पुरै समर्थन प्राप्त गरे र प्रतिनिधिहरुले पुनर्विचार गरे भने पौडेललाई अब केहि सजिलो हुन सक्छ र दोस्रो अवसर उनको पोल्टामा पर्न पनि सक्छ |

वर्तमान आंकडा हेर्दा देउवालाई नै जित्न सजिलो छ | देउवा पक्षिय नेता कार्यकर्ताहरुको उत्साहले त्यही संकेत गर्छ | यतिबेला देउवा पक्षधरहरु जितको मानसिकतामा छन् | उनीहरु विजय र्यालीको तयारीमा जुटिसकेको बुझिएको छ | देउवा पक्षले यो विजयलाई पार्टी एकताको संदेशका रुपमा ब्यापक बनाउने तयारी गरिरहेको छ |

उता, पौडेल पक्षका नेताहरु देउवा पक्षमा गएका तर आफ्नो पक्षमा आउन सक्ने सम्भावित प्रतिनिधिहरुको खोजविनमा लागेका छन् |

, ,