दिपक-दिपाको फिल्ममा फेरि पनि प्रियंका

काठमाण्डौं फागुन,१८-‘वडा नम्वर छ’ मा काम गरेपछि हाँस्य कलाकारको समुहसँग नजिकिएकी पि्रयंका कार्की नयाँ चलचित्र ‘छक्का पन्जा’ मा अनुबन्ध भएकी छिन्।
हाँस्य कलाकार दिपाश्री निरौलाको निर्देशकिय डेब्यू फिल्म ‘६क्का पन्जा’मा प्रियंका अनुबन्धित भएकी छन्। उनले दिपाको टिमले यसअघि निर्माण गरेको ‘वडा नम्बर ६’मा पनि अभिनय गरेकी थिइन्। ‘६क्का पन्जा’ प्रियंकासँगै फिल्मका अन्य कलाकारहरु पनि छानेको छ।फिल्ममा दिपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, शिबहरी पौड्याल मुख्य भूमिकामा हुनेछन्। दिपक, दिपा र निर्मल शर्माको लगानीमा निर्माण हुने उक्त फिल्ममा किरण केसी, बसुन्धरा भूषाल, बुद्धि तामाङ लगायतका कलाकारले पनि अभिनय गर्ने भएका छन्।
फिल्म चैत ८ गतेबाट फ्लोरमा जाने भएको छ। यस अघि उनीहरुले निर्माण गरेका फिल्म झै ‘६क्का पन्जा’ हाँस्यप्रधान फिल्म हुने बताइएको छ।